पाल्पा र कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा चार जना पक्राउ – Kanika Khabar
Wednesday, November 11Nepali News Portal

पाल्पा र कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा चार जना पक्राउ

    मा प्रकाशित

काठमाडौं । १६ वर्षीया र १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ परेका छन् ।

पाल्पामा १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँको भानु नगरपालिका–८ घर भई तिनाउ गाउँपालिका–३ देउराली बस्ने ३८ वर्षीय होमबहादुर थापा मगर पक्राउ परेका छन् । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन् ।

उनीहरूविरुद्ध परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्