गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस – Kanika Khabar
Wednesday, May 27Nepali News Portal

गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले सार्बजनिक गरेको प्रतिवेदनमा कार्कीले दिएको अभिव्यक्तिका आधारमा उनलाई अनुसन्धान गर्न सिफारिस गरेको हो । कार्कीले  प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई आधार बनाउँदैप्रदर्शनलाई उक्साउन भूमिका खेलेको हुन सक्ने भन्दै आयोगले उनलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हो ।

कार्कीले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा तत्कालिन सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए ।

आयोगले कार्कीसहित तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको नाम पनि अनुसन्धान गर्नुपर्ने सूचीमा राखेको छ । उनीहरू पनि जेन‍जी आन्दोलनको समयमा सडकमा पुगेर अभिव्यक्ति दिएको भन्दै आयोगले अनुसन्धान गर्न सिफारिस गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्