वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ गठन – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ गठन

    मा प्रकाशित

लिलाधर वली
दाङ,३१ साउन ।


नेपाली कांग्रेसप्रति आस्थावान तथा वीपीको विचार र सिद्धान्तप्रति प्रतिवद्ध दाङका युवाहरुको घोराहीमा शनिवार भएको भेलाले ‘वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ’ गठन गरेको छ ।

युवाहरुको भेलाले घोराही उपमहानगरपालिका– १५ का सरोज शाहको नेतृत्वमा २१ सदस्यीय मञ्च गठन गरेको हो । मञ्चको सचिवमा अमरक्षितिज भण्डारी, कोषाध्यक्षमा विकास बुढाथोकी रहेका छन् । त्यसैगरी सदस्यहरुमा लीला नेपाली, रमेश मल्ल, ललितजंग पाण्डेय, बलदेव मल्ल, निरज गिरी, रुपप्रसाद पुलामी, खुमा खड्का, बमबहादुर खड्का, जगत जिएम, झुपलाल बुढाक्षेत्री, दिनेश नेपाली, मनहरी थापा र भरत चौधरी रहेका छन् ।

मञ्चको रिक्त रहेको पाँच सदस्य पछि थप गरिने मञ्चका सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् । भेलामा बोल्ने युवाहरुले नेपाली कांग्रेसप्रति युवाहरुको आकर्षण बढाउन वीपीको विचारमा प्रतिवद्ध गराई नेतृत्व विकास गर्ने र त्यसका लागि युवाहरुलाई उत्पादन तथा व्यावसायिक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी युवाहरुलाई कांग्रेसमा गोलवद्ध गर्न सकेमात्र कांग्रेस बलियो र संगठित पार्टी बन्न सक्ने भन्दै त्यसका लागि पाटीले पनि युवामैत्री नीति अगाडि ल्याउनुपर्ने बताएका थिए ।

पछिल्लो समय युवाहरुमा सकारात्मक सोचको विकास र हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका नहुँदा नेपालको हरेक क्षेत्र पछाडि परेको भन्दै उनीहरुले युवाहरुलाई मुलधारमा समाहित गर्न समेत माग गरेका छन् ।
साथै मञ्चको शनिवार बसेको पहिलो बैठकले भदौका दोश्रो साता घोराहीमा कार्यसमिति सदस्यहरुलाई नेतृत्व विकास प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी क्षेत्रीय कार्यसमिति विस्तारका लागि क्षेत्र नं. १ मा किरण शाह, क्षेत्र नं. २ मा लेखनाथ बुढाथोकी र क्षेत्र नं. ३ मा मोहन स्वर्णकारलाई संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मञ्च गठनमा सवै क्षेत्रबाट सहयोग पु¥याउने सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । भेलाको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्