प्याब्सन घोराहीको वर्ड सफल र हिज्जे प्रतियोगिता सम्पन्न – Kanika Khabar
Friday, May 29Nepali News Portal

प्याब्सन घोराहीको वर्ड सफल र हिज्जे प्रतियोगिता सम्पन्न

    मा प्रकाशित


घोराही, १५ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीको आयोजनामा कक्षा १ देखि ३ सम्मको अङ्ग्रेजी हिज्जे र कक्षा ६ देखि ८ सम्मकाो वर्ड सफल प्रतियोगिताहरू सम्पन्न भएका छन् ।
प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओलीकाो अध्यक्षता एवम् जिल्ला अध्यक्ष निर्मल न्याौपानेको प्रमुख आतिथ्यमा प्रतियोगिताहरु सम्पन्न भएका हुन् । कक्षा ३ सम्मको अड्ग्रेजी हिज्जे प्रतियोगितामा गुरुकुल एकेडेमीका आरभ मैनाली, आकृति बिसी र सद्भाव रसाइली प्रथम भएका छन् । उक्त प्रतियोगितामा ज्योतिपुञ्ज आमाविका अमिस खनाल, आदर्शिखा आचार्य र सर्विन पाौडेल द्वितीय भएकाछन् । त्यसैगरी मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका डेनिशा केसी, सुर्मित चौधरी र प्रख्यात कुवर तृतीय भएकाछन् भने गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका जिन्मी पुन मगर, प्रनिल केसी र लियाना बुढा मगर सान्त्वना भएकाछन् ।
कक्षा ८ सम्मका विद्यार्थीका लागि आयोजित वर्ड सफल प्रतियोगितामा सिद्धार्थ एकेडेमीका हिमान्शु घिमिरे, कृन्शु खनाल ओजस्वी भट्ट प्रथम भएकाछन् । यसैगरी मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका विपुल यादव, युनिक पोख्रेल र चेतना सुनार द्वितीय भएकाछन् भने जनज्योति विद्यामन्दिरका कबिर चोधरी, तपश बुढा र बैजयन्ती थापा तृतीय भएकाछन् । उक्त प्रतियोगितामा गुरुकुल एकेडेमीका सर्वश्री केसी, आयान श्रेष्ठ र रिशव डाँगी सान्त्वना भएकाछन् ।
गणतन्त्र दिवसका अवसरमा प्याब्सन घोराहीको मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल रतनपुरमा आयोजना गरेको प्रतियोगितामा ३९ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको उद्घाटन सत्रमा प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपाने, तालिम निर्देशक एवम् मेचीकाली बोर्डिङ स्कुलका प्रिन्सिपल चक्र बहादुर रावत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाो ।
प्याब्सन घोराहीक उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बिमल भण्डारी र सहसचिव सन्दिप शाहले गर्नुभएकाो थियाो। हिज्जे प्रतियोगिताको फाइनल चरणको
सहजीकरण प्याब्सन दाङका सदस्य हरि पाौडेलले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्