प्रधानमन्त्रीले यस्तो जवाफ दिनुहुन्छ भन्ने थाहा भएको भए प्रश्न नै सोध्ने थिइन- आरेन राई – Kanika Khabar
Monday, June 1Nepali News Portal

प्रधानमन्त्रीले यस्तो जवाफ दिनुहुन्छ भन्ने थाहा भएको भए प्रश्न नै सोध्ने थिइन- आरेन राई

    मा प्रकाशित

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सीमा बारे यस्तो जवाफ दिने आफुलाई लागेको भए त्यस्तो प्रश्न नै नसोध्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले आफूले हिजो प्रश्न सोधेकोप्रति आत्मग्लानि प्रकट गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाएर मात्र नपुग्ने र प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने माग गरेका छन् ।

उनले भने- ‘यदि यस्तो भ्रामक र तथ्यहीन जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने लागेको भए म त्यो प्रश्न सोध्ने थिइनँ । मलाई आत्मग्लानि भइरहेको छ ।’

राईले आइतबारको बैठकमा सोधेको लिपुलेक लिम्पियाधुरा सम्बन्धी प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति विवादित बनेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्