योगेश भट्टराईको ओली लक्षित कथा ! – Kanika Khabar
Wednesday, June 3Nepali News Portal

योगेश भट्टराईको ओली लक्षित कथा !

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा एउटा बृद्ध बस चढेको कथा पोष्ट गर्दै भट्टराईले ओलीको पार्टी नेतृत्व तत्काल नछोड्ने अडानप्रति कटाक्ष गरेका हुन् ।

अध्यक्ष ओलीले बुधबार पार्टीको कार्यक्रममा बोल्दै नेतृत्व नछोड्ने स्पष्ट सन्देश दिदै ‘झोला तत्काल फाल्दिन’ भनेका थिए । साथै ओलीले पार्टीमा नेतृत्व परिवर्तनको अवाज उठाउनेहरुलाई पनि जवाफ दिदै शिर काटेर संगठन बलियो नहुने बताएका थिए । साथै ओलीले आफ्नो सम्बोधनमा बाहिरका विरोधी भन्दा पार्टी भित्रका अवसरवादीहरु पार्टीका लागि घटक हुने बताएका थिए ।

योगेश भट्टराईले ओलीलाई लक्षित गर्दै लेखेको कथा:

नेकपा एमालेको सातौ राष्ट्रिय महाधिवेशनको (जनकपुर)बन्द सत्रमा पार्टीका एकजना बरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनु भएको थियो ।  “ एकजना बुढ़ा मानिस बसमा चढ़ेछन । सीट खाली थिए तर ऊनी सीटमा बसेनन । उभिएर बसभित्रको फ़लामको डंडी च्याप्प समाए । बाटो उबड खवाड थियो । बस गुडन शुरु गर्यों । बस घरी दयाँ ढलकिन्थ्यो बुढा मानिस बसको डंडीलाई बायाँ तिर जोडले तन्थे । फेरी बस बायाँ ढलकिन्थ्यो बुढ़ा मानिस डंडीलाई जोडले दायाँ तान्थे । यही रीतले बस अघि बढी रह्यो । बुढ़ा मानिस सोही क्रिया गरिरहे । बुढ़ा असिन पसिन भए । बस गन्तब्यमा पुगेर रोकियो । सबै यात्रु बाहिर निस्के । बुढ़ाले सबैलाई जम्मा गरेर भने आज तपाईंहरु सबै मेरो कारणले बच्नु भयो । यात्रुहरू छक्क परेर सोधे कसरी । बुढ़ाले सगौरब भने पल्टिन लागेको बसलाई डंडीमा तानेर मैले पल्टिनबाट जोगाए र तपाईंहरू बच्नु भयो ।”

आज मलाई यो कथाको खुब सम्झना भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्