आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस मनाइदै – Kanika Khabar
Thursday, June 4Nepali News Portal

आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस मनाइदै

    मा प्रकाशित

काठमाडौँ । आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइदैंछ ।  प्रत्येक वर्ष जुन ४ मा संसारभरि निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घले १९८२ अगस्ट १९ मा घोषणा गर्दै प्रत्येक वर्ष जुन ४ तारिखलाई ‘आक्रमणका निर्दोष बालबालिका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । यो दिवसको मुख्य उद्देश्य विश्वभर शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारका शिकार भएका बालबालिकाले भोग्नुपरेको पीडालाई स्मरण गर्नु हो । साथै, बाल अधिकारको संरक्षणप्रति संयुक्त राष्ट्र सङ्घको प्रतिबद्धता पनि यस दिनले दोहोर्‍याउँछ ।

कम सामाजिक–आर्थिक अवस्थाका परिवारका बालबालिकामा दुर्व्यवहार र उपेक्षाको दर उच्च आय भएका परिवारका बालबालिकाको तुलनामा पाँच गुणा बढी रहेको देखिएको छ । अमेरिकामा मात्र बार्षिक ७ लाख भन्दा बढी बालबालिका दुर्व्यबहारको शिकार हुने आँकडा रहेको छ ।

विश्वभर घरेलु हिंसा, सशस्त्र हिंसा लगायतका विभिन्न संकटका कारण बालबालिकामाथि हुने आक्रमण र दुर्व्यवहार व्यापक रूपमा देखिँदै आएको छ, जसले उनीहरूको सुरक्षित र सम्मानपूर्वक बाँच्ने अधिकारलाई गम्भीर रूपमा उल्लङ्घन गरिरहेको छ ।

संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउने गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्