सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई सम्पत्ति विवरण बेलैमा बुझाउन निर्देशन – Kanika Khabar
Sunday, July 19Nepali News Portal

सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई सम्पत्ति विवरण बेलैमा बुझाउन निर्देशन

    मा प्रकाशित

कनिका खबर
साउन ३२, काठमाडौं
सरकारले सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई सम्पत्ति विवरण बेलैमा बुझाउन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिना अगाडी सूचना प्रकाशन गरे पनि अधिकांश स्थानीय तहमा कार्यरत कर्मचारीले सम्पत्ति विवरण पेश नगरेको भन्दै सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै ताकेता गरेको हो । कर्मचारी समायोजना ऐन, २०७५ बमोजिम स्थानीय तहमा नयाँ नियुक्ति भएका अन्य सेवाका कर्मचारीलाई मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पेश गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले सीआईएनसँग बताउनुभयो । अधिकारीका अनुसार आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण पेश गरिसक्नुपर्ने कानुनमै व्यवस्था छ । कानुन अनुसार समयमै विवरण पेश नगर्ने कर्मचारीलाई कारबाहीको व्इवस्था समेत रहेको उहाँले बताउनुभयो । निजामती सेवामा कार्यरत रही संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारीलाई भने साविक बमोजिम नै राष्ट्रिय किताबखानामा नै सम्पत्ति विवरण पेश गर्न परिपत्रमा भनिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्