प्रधानमन्त्री बालेनले सार्वजनिक गरे देश बनाउने टोलीको तस्बिर – Kanika Khabar
Sunday, June 14Nepali News Portal

प्रधानमन्त्री बालेनले सार्वजनिक गरे देश बनाउने टोलीको तस्बिर

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीलाई अँगालो मारेको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले देश बनाउने टोली भनेर लेखेका छन् ।
प्रधानमन्त्री शाहले पोस्टमा पीएम, एचएम, आईएम, लेखेका छन् । अर्थात् प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर।

उनको दायाँपट्टि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् भने बायाँतिर भर्खरै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ छन् । यो तस्बिर सार्वजनिक गर्दै उनले देश बनाउने टोली लेखेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्