कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट – Kanika Khabar
Monday, June 15Nepali News Portal

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट

    मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ ।

सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोडको बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री लिङ्थेपले चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड २० लाख तथा वित्तीय व्यवस्थापनतर्फ १५ करोड बजेट विनियोजन गरेका छन् । यसैगरी, स्थानीय तहहरूका लागि पाँच अर्ब ५६ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

बजेटका स्रोतमा आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड तथा वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, ससर्त अनुदानबाट पाँच अर्ब ९५ करोड, समपूरक अनुदानबाट ६४ करोड र विशेष अनुदानबाट ५५ करोड प्राप्त हुने उल्लेख गरिएको छ। त्यसैगरी सोझै भुक्तानी प्रणालीमार्फत २० करोड व्यवस्थापन गरिने तथा पाँच अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यहोर्ने उल्लेख छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्