सरकार १५ दिन लकडाउन थप्दै, जेठ १० गतेसम्म बढाउने तयारीमा – Kanika Khabar
Sunday, May 10Nepali News Portal

सरकार १५ दिन लकडाउन थप्दै, जेठ १० गतेसम्म बढाउने तयारीमा

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २२, दाङ ।

कोरोना भाइरसको बढ्दो संक्रमण संगै उच्च संक्रमणको जोखिम रहेको भन्दै सरकार फेरि १५ दिन लकडाउन थप्ने तयारीमा छ । पछिल्लो समय नेपालमा कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा समेत संक्रमण दर बढेको र जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा मन्त्रिपरिषद्को आइतबारको बैठकमा छलफल भएको थियो ।

केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखे पनि भारतमा लकडाउनलाई थपिनु तथा नेपाल भारत विच खुला सिमाना भएकाले नेपालमा लकडाउन हटाउँदा स्थिति झन भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने तयारीमा सरकार रहेको स्रोतले बतायो ।

अचानक नेपालगन्जमा संक्रमितको संख्या बढेपछि सरकार वेदनसलि वन्दै थप सतर्क अवस्थामा पुगेको छ । आइतबारसम्म नेपालमा ७५ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्