प्रियासनको सेल्फीमा म्यान्मामा सोध पत्र – Kanika Khabar
Sunday, March 15Nepali News Portal

प्रियासनको सेल्फीमा म्यान्मामा सोध पत्र

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।

उपन्यासकार एवं पत्रकार सविन प्रियासनको सेल्फी उपन्यासमा म्यान्मा (वर्मा) मा सोध पत्र गरिएको छ । म्यानमा निवासी माया खनालले सेल्फी उपन्यासमा सोध पत्र गरेकी हुन् । करिव ६ महिना उपन्यासको विषयमा विषय विज्ञहरुसँग छलफल गरेर सोध पत्र गरिएको खनालले जानकारी दिइन् । उपन्यासकार प्रियासनसँग पनि उपन्यासको विषयमा फोन मार्फत छलफल गरिएको थियो ।
७० पृष्ठ लामो सोध पत्र तयार भएको र निकट भविष्यमा नै यस विषयमा पुस्तक समेत प्रकाशन गर्ने तयारी खनालको छ । अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ मोगोक शाखा शिक्षा विभागद्वारा सञ्चालित नेपाली साहित्य डिप्लोमातहको प्रमाणपत्रका लागि गरिएको उक्त सोध पात्रमा उपन्यासको विषय बस्तु, यसको सन्देश अनि उपन्यासरको बारेमा समेत विभिन्न कुराहरु समावेश गरिएको खनालको भनाइँ छ । म्यान्मामा नेपाली मूलका अहिले पनि हजारौ व्यक्तिहरुको बसोबास छ ।
नेपालबाट वर्षेनी संघले सयौ पुस्तकहरु म्यान्मामा लैजाने गरेको र नेपाली साहित्य अध्ययन गर्नेहरुले ती पुस्तकहरुको नियमित अध्ययन गर्ने गर्दछन् । सेल्फी उपन्यास अध्ययन गरेपछि उपन्यास सन्देश मुलक लागेकाले यसैमा सोध पत्र गर्न सुरु गरेको खनालको भनाइँ छ । सोध पत्र लेख्नेक्रममा उपन्यासकार नेपालमा बस्ने भएकाले उपन्यासकारसँग सम्पर्क गर्न सुरुमा कठिनाइँ भएको उनले अनुभव सुनाइन्, ‘म म्यान्मामा बस्छु, नेपाली भाषा पनि प्रष्टसँग बोल्न आउँदैन, फेसबुक मार्फत उपन्यासकार प्रियासनको खोजी गरेर म्यासेन्जर मार्फत उपन्यास अनि उहाँको बारेमा थप जानकारी लिएर मेरो सोध पत्र तयार गरेकी हुँ ।’
नेपालमा हालसम्म नआएपनि भविष्यमा नेपाल आउने रहर छ भन्दै खनाल भन्नु हुन्छ, ‘हाम्रा पूर्खाहरु नेपालकै हुनुहुन्छ । मलाई नेपाल भनेपछि हुरुक्कै लाग्छ । समय मिल्यो भने एकपटक नेपाल घुम्ने इच्छा छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्