वैद्यखानाको आधुनिकीकरणका लागि दुई मन्त्रीबीच छलफल – Kanika Khabar
Tuesday, November 3Nepali News Portal

वैद्यखानाको आधुनिकीकरणका लागि दुई मन्त्रीबीच छलफल

    मा प्रकाशित

काठमाडौं/ स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि, औषधि उत्पादनको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उत्पादन प्रणाली विकास गर्ने विषयमा छलफल भएको छ।
छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, उत्पादित औषधिको गुणस्तर अभिवृद्धि, औषधि निर्यातको सम्भावना तथा विश्व स्वास्थ्य संगठन (WHO) का मापदण्डअनुरूप उत्पादन प्रणालीको स्तरोन्नति गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको हो।
वैद्यखानाको उत्पादन प्रणालीलाई व्यवस्थित,गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै यसको संस्थागत क्षमता विकासका लागि दुवै मन्त्रालयबीच आवश्यक सहकार्य अघि बढाउने विषयमा समेत छलफल भएको छ। यसका लागि दुई मन्त्रालयबीच समझदारीपत्र (MoU) गर्ने विषय पनि छलफल भएको हो।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको समेत सहभागिता रहेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्