तिजको पुर्वसन्ध्यामा सरसफाइ गर्दै टोल बिकास संस्था – Kanika Khabar
Thursday, April 25Nepali News Portal

तिजको पुर्वसन्ध्यामा सरसफाइ गर्दै टोल बिकास संस्था

    मा प्रकाशित

कपिल लामिछाने
साउन ३२, दाङ ।


नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको पूर्वसन्ध्यामा एकिकृत नमुना टोल बिकास संस्था मनिकापुरले करिव २ किलोमिटर बाटो र कुलो सरसफाइ गरेको छ ।
घोराही तुलसीपुर सडक खण्डदेखि उत्तर गुरुङटोल, मैरवाबाट सुरु भएको उक्त सरसफाइ कार्यक्रम करिव ३ घण्टापछि स्यानिगाउँ रङ्गशालामा पुगेर सकिएको थियो । बाटोमा पलाएका झारपातहरु र कुलामा रहेका फोहोरहरुलाई जम्मा गरि जल्ने फोहोरलाई जलाएर र नजल्ने फोहोरहरुलाई खाडल खनि गाडिएको थियो ।
गाउँ(घरमा सरसफाइ गर्दै आफ्नो गाउँ आफै बनाउ भन्दै टोल बिकास संस्थाले सरसफाइ कार्यक्रमको आयोजना गरेको टोल बिकास संस्थाका सल्लाहकार कर्ण बहादुर केसीले बताए ।
कोराना रोगको महामारी फैलिरहेको बेलामा टोल बिकास संस्थाले सबैलाई साबधानी अपनाउदै सामाजिक दुरी कायम राख्दै सरसफाइ गरेको टोल सुरक्षा समितिका संयोजक खुम बहादुर बुढाथोकीले जानकारी दिए ।
एकिकृत नमुना टोल बिकास संस्था र टोल सुरक्षा समितिको संयुक्त आयोजनामा भएको सरसफाइ कार्यक्रममा ९० घरधुरीको सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रमको समापन कार्यक्रम टोल बिकास संस्थाका अध्यक्ष बिसेसन वलीको अध्यक्षता भएको थियो भने कार्यक्रमको संचालन टोल बिकास संस्थाका सचिव कपिल लामिछानेले गरेका थिए ।

 

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्