जनार्दन शर्मा भन्छन्- सम्पत्ति छानबिन गर्न आवाज उठाएको हुँ, मिडिया ट्रायलप्रति दुखी छु – Kanika Khabar
Tuesday, June 23Nepali News Portal

जनार्दन शर्मा भन्छन्- सम्पत्ति छानबिन गर्न आवाज उठाएको हुँ, मिडिया ट्रायलप्रति दुखी छु

    मा प्रकाशित

काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन गर्ने बारे आफुले सदन र पार्टीमा आवाज उठाएको दाबी गर्दै अहिले आफु बारे भ्रम सिर्जना गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले सदन र पार्टीमा उठाएको उल्लेख गर्दै त्यसमा आफु अहिले पनि अडिग रहेको बताएका छन् ।

उनले भनेका छन्- ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु। तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धिकरणमा पक्राउ परेपछि मिडिया र सामाजिक सञ्जालमा शर्मा पनि पक्राउ हुदै भन्ने आशयका समाचार आएपछि उनले यस्तो टिप्पणी गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्