रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक फेरि सर्यो – Kanika Khabar
Friday, June 26Nepali News Portal

रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक फेरि सर्यो

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन समयमा सम्पन्न नहुँदा त्यसको असर प्रतिनिधि सभाको बैठकमा परेको छ ।

असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आजसम पनि नसकिएपछि प्रतिनिधि सभाको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ ।

यसअघि विहिबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आज शुक्रबार दिउसो १ बजेका लागि सारिएको थियो ।

संघीय संसद सचिवालयले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक बस्ने गरि सभामुखले निर्धारण गरेको जानकारी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्