भेनेजुएलामा भूकम्पपछि करिब ६ लाख ८० हजार बालबालिकालाई मानवीय सहायता आवश्यक – Kanika Khabar
Sunday, June 28Nepali News Portal

भेनेजुएलामा भूकम्पपछि करिब ६ लाख ८० हजार बालबालिकालाई मानवीय सहायता आवश्यक

    मा प्रकाशित

काठमाडौँ । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि करिब ६ लाख ८० हजार बालबालिकालाई मानवीय सहायता आवश्यक परेको संयुक्त राष्ट्रसंघीय बालकोषले जनाएको छ ।

संस्थाका अनुसार राजधानीसहित ला ग्वाइरा, काराबोबो, आरागुआ र फाल्कोन राज्यका अस्पतालहरूमा ठूलो क्षति पुगेको छ। धेरै अस्पतालले आफ्नो क्षमताभन्दा बढी बिरामीको उपचार गरिरहेका छन्, जसका कारण गर्भवती महिला र बालबालिकाले आवश्यक स्वास्थ्य सेवा पाउन कठिनाइ भइरहेको छ।

संयुक्त राष्ट्रसंघीय बालकोषका भेनेजुएला प्रतिनिधि मानुएल रोड्रिगेज पुमारोलले उद्धार तथा राहत कार्य सुरु भएको तीन दिनपछि विपद्को वास्तविक अवस्था थप स्पष्ट बन्दै गएको बताए । उनका अनुसार अस्पतालहरू अत्यधिक चापमा छन्, हजारौँ बालबालिका सुरक्षित खानेपानीबाट वञ्चित छन् र धेरै विद्यालयमा क्षति पुगेको छ ।

प्रारम्भिक विवरणअनुसार राजधानी कराकासमा मात्रै ४३२ वटा विद्यालयमा क्षति पुगेको छ । यसले बालबालिकाको पठनपाठन प्रभावित भएको छ। साथै, क्षति नपुगेका विद्यालयहरू विस्थापित परिवारका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् ।

भूकम्पपछि स्वास्थ्य, शिक्षा, खानेपानी तथा बाल संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघीय बालकोषले अन्तर्राष्ट्रिय समुदायलाई राहत तथा सहयोगलाई थप तीव्र बनाउन आग्रह गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्