धनकुटाबाट ७७५ केजी गाँजासहित मिनी ट्रक चालक पक्राउ – Kanika Khabar
Monday, June 29Nepali News Portal

धनकुटाबाट ७७५ केजी गाँजासहित मिनी ट्रक चालक पक्राउ

    मा प्रकाशित

काठमाडौँ । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोकमार्गमा ७७५ केजी गाँजासहित मिनी ट्रक चालक पक्राउ परेका छन् ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेको कालो प्लास्टिकमा ७७५ किलो गाँजा बरामद गरिएको हो ।

ट्रक चालक धनकुटा पाख्रीबास नगरपालिका-१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्