जर्मनीको स्टाडे सहरमा गोलीकाण्ड, पाँच जनाको मृत्यु – Kanika Khabar
Monday, June 29Nepali News Portal

जर्मनीको स्टाडे सहरमा गोलीकाण्ड, पाँच जनाको मृत्यु

    मा प्रकाशित

काठमाडौँ । उत्तरी जर्मनीको स्टाडे सहरमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । घटनासँग सम्बन्धित एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जर्मन समाचार संस्था डीपीएका अनुसार प्रहरीलाई उद्धृत गर्दै सहरको केन्द्र बाहिर रहेको क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन भइरहेको छ । ल्युनेबर्ग प्रहरी मुख्यालयले सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दालाई घटनास्थल वरपर नजान र सुरक्षित दूरी कायम गर्न आग्रह गरेको छ ।

घटनास्थलमा अहिले पनि उद्धार तथा सुरक्षा अभियान जारी रहेको प्रहरीले जनाएको छ । गोलीकाण्डको कारण अहिलेसम्म खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गोलीबारी स्टाडे सहरको मध्यभागमा रहेको एक युवा केन्द्रमा भएको हो । ह्याम्बर्गको पश्चिममा अवस्थित स्टाडे सहरमा करिब ५० हजार जनसंख्या रहेको छ ।

केही स्थानीय सञ्चारमाध्यमले घटनामा एकभन्दा बढी आक्रमणकारी संलग्न हुन सक्ने दाबी गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्