इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द – Kanika Khabar
Wednesday, July 1Nepali News Portal

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द

    मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएपछि काठमाडौँमा निजी पेट्रोल पम्प बन्द देखिएका छन् ।

बुधबार निजी पम्पले इन्धन वितरण गरेका छैनन् भने नेपाली सेना, प्रहरी र सशस्त्रका पम्पमा ठुलो लाइन देखिएको छ ।

ठूलो कटौती गरिएको भन्दै निजी पेट्रोल पम्प सञ्चालकहरूले भने इन्धन बिक्री बन्द गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा पेट्रोल भर्न मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनको लामो लाइन देखिएको छ । त्यस्तै काठमाडौँ बाहिरका अधिकांश स्थानमा पनि निजी पेट्रोल पम्प बन्द गरिएको जानकारी प्राप्त भएको छ ।

निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल-मट्टितेल, खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य घटाएको थियो ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल-मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ । मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल-मट्टितेलको प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको आधा सिलिन्डरको मूल्य १०३० रुपैयाँ तथा पूरा सिलिन्डरको मूल्य २०६० रुपैयाँ निर्धारण गरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्