कस्तो छ आजको मौसम पूर्वानुमान ? – Kanika Khabar
Thursday, July 2Nepali News Portal

कस्तो छ आजको मौसम पूर्वानुमान ?

    मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश र कोशी प्रदेश तराईको एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थान,  बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्