सरकारले जनताको लाइफभन्दा सामाजिकको लाइकलाई महत्व दियो- गगन थापा – Kanika Khabar
Sunday, July 5Nepali News Portal

सरकारले जनताको लाइफभन्दा सामाजिकको लाइकलाई महत्व दियो- गगन थापा

    मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकको जनजीविकाको चिन्ता नगरेको भन्दै आलोचना गरेका छन् ।

सरकारको १०० दिनको उपलब्धी सार्वजनिक भएपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले जनताको लाइफ भन्दा सामाजिकको लाइकलाई महत्व दिएको बताए हुन् ।

सभापति थापाले अव्यवस्थित वसोबासीको समस्या समाधान गर्ने कुरामा पुराना पार्टीहरुको कुनै विमति नभए पनि सरकारले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने कुरामा आवश्यक प्रक्रिया अवलम्बन गर्न चुकेको भन्दै आलोचना गरेका छन् ।

सभापति थापाल रासवपाले दलित समुदायसँग माफी मागेको कुरा आफूहरुले समेत स्वागत गरेको बताउदै दलित समुदायहरुसँग सरकारले माफी माग्दै गर्दा उनीहरुको जीवनलाई सहज बनाउन के गरियो भन्ने प्रश्न आएको बताए ।  सभापति थापाले सरकारले यसपटक परीक्षाफल छिटो प्रकाशित गरेको भए पनि छिटो नतिजा प्रकाशन गर्दै गर्दा अहिले पनि सयौं विद्यार्थीहरु अहिले माइतीघर मण्डलामा नारा लगाएर बस्नु परेको अवस्था रहेको टिप्पणी गरे ।

सभापति थापाले सरकारको काम गर्ने शैली र प्रक्रियाको विषयमा आपति जनाउदै डेमोक्रेसीमा सरकार प्रतिनिधि मात्र भएकाले प्रक्रिया अनुसार नै चल्नु पर्ने धारणा राखेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्