पेट्रोलियम पदार्थको मूल्य वृद्धि – Kanika Khabar
Friday, April 19Nepali News Portal

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    मा प्रकाशित

कनिका खबर
भदौ १, काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । हिजो राति १२ बजेबाट लागु हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

हिजो भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले सीआईएनलाई बताउनुभयो । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १ सय ५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार नै भएको उहाँको दावी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्