मौद्रिक नीति पछि पनि नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार – Kanika Khabar
Wednesday, July 8Nepali News Portal

मौद्रिक नीति पछि पनि नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

    मा प्रकाशित

काठमाडौँ । मौद्रिक नीति सार्बजनिक भएपछि नेप्सेमा गिरावट आएको छ । आज बुधबार नेप्से ३०.०९ अंकले घटेर २६२१. ५९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६२ कम्पनिका ८४ लाख ६३ हजार १५ कित्ता शेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर २०८७/८८ को शेयर ५.५२ प्रतिशतले बढेको छ भने प्रभ बैंक डिभेन्चरको शेयर ४.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.४१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चर २०८९ को ६२ करोड २३ लाख बराबरको कारोबार भएको छ भने एनसीसी डिभेन्चरको ४३ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्