काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा २-२ जनाको र कोशी र गण्डकी प्रदेश तथा काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ६६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १७ जना घाइते भएका छन् भने लुम्बिनीमा ४ जना, सुदूरपश्चिममा १ जना, बागमतीमा ७ जना र कर्णालीमा ५ घाइते भएका छन् ।


