बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण, आइसोलेशनमा ९ हजार ६ सय ३९ जना र ११३ जना आईसीयूमा उपचाररत   – Kanika Khabar
Friday, May 16Nepali News Portal

बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण, आइसोलेशनमा ९ हजार ६ सय ३९ जना र ११३ जना आईसीयूमा उपचाररत  

    मा प्रकाशित

कनिका खबर
भदौ १, काठमाडौं

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको  जानकारी दिएका हुन् । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १६० डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।  यस्तै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६९९ रहेको छ ।

एकै दिनमा ११ हजार ५ सय २० जनाको परीक्षण
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनाको परीक्षण भएको छ । जसमा १ सय ७३ जना महिला र ४ सय ८ जना पुरुषमा संक्रमण देखिएको हो ।  देशभरीका आइसीयुमा १ सय १३ जना उपचाररत रहेका छन । नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन् । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आइसोलेशनमा ९ हजार ६ सय ३९ जना उपचाररत  
आज देशभरीका आइसोलेसनमा ९ हजार ६ सय ३९ जना उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ९ सय १०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ६७, बागमती प्रदेशमा २ हजार २ सय १८ र गण्डकी प्रदेशमा २ सय ९७ जना आइलोसेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३५, कर्णाली प्रदेशमा २ सय १२ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९९ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ३८ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा १ सय २२, प्रदेश नम्बर २ मा २ हजार १ सय ७० र बागमती प्रदेशमा १ सय ११ होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८५, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १२ गरी २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन् ।

डिस्चार्ज संख्या
डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ मा १ हजार १ सय १२, प्रदेश नम्बर २ मा ३ हजार ७ सय १०, बागमती प्रदेशमा ७ सय २ र गण्डकी प्रदेशमा १ हजार ५ सय ३२ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ रहेका छन् ।

क्वारेन्टिनमा १५ हजार १ सय ९८ 

क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ३ सय २०, प्रदेश नम्बर २ मा १ हजार ५ सय ४५, बागमती प्रदेशमा १ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ३१ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार १ सय ७, कर्णाली प्रदेशमा ६ सय ७० र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ८९ जना क्वारेन्टिनमा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्