महान क्रिकेटर सर ग्यारी सोबर्सको निधन – Kanika Khabar
Saturday, July 18Nepali News Portal

महान क्रिकेटर सर ग्यारी सोबर्सको निधन

    मा प्रकाशित

काठमाडौँ । विश्व क्रिकेटका महान् अलराउन्डर तथा वेस्ट इन्डिजका दिग्गज खेलाडी सर ग्यारी सोबर्सको ८९ वर्षको उमेरमा बार्बाडोसस्थित निवासमा निधन भएको छ ।

क्रिकेट इतिहासकै सर्वश्रेष्ठ अलराउन्डरमध्ये एक मानिने सोबर्सले सन् १९५४ देखि १९७४ सम्म वेस्ट इन्डिजका लागि ९३ टेस्ट खेल्दै ८ हजार ३२ रन बनाएका थिए भने २३५ विकेट लिएका थिए। उनले ब्याटिङ, तीव्र तथा स्पिन बलिङ र उत्कृष्ट क्षेत्ररक्षणमा समान दक्षता प्रदर्शन गरेका कारण उनलाई क्रिकेटको सर्वकालीन महान् खेलाडी मानिन्छ।

सन् १९५८ मा पाकिस्तानविरुद्ध ३६५ रनको कीर्तिमानी इनिङ्स खेलेका सोबर्सले प्रथम श्रेणी क्रिकेटमा एक ओभरमा छ छक्का प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका थिए। क्रिकेटमा पुर्‍याएको योगदानको सम्मानस्वरूप अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को वर्षकै उत्कृष्ट पुरुष खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित ‘सर ग्यारी सोबर्स पुरस्कार’ उनको नाममा राखिएको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्