भक्तपुर नगर प्रवेश गर्नेको विवरण लिइने – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

भक्तपुर नगर प्रवेश गर्नेको विवरण लिइने

    मा प्रकाशित

कनिका खबर
भदौं १, भक्तपुर
भक्तपुरमा कोरोना भाइरस सङ्क्रमितहरू बढ्न थालेपछि भक्तपुर नगरपालिकाले नगर क्षेत्र प्रवेशमा कडाइ गरेको छ । भक्तपुर नगर छिर्ने मुख्य नाकाहरूमा कर्मचारी खटाएर आजदेखि कडाइ गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा कर्मचारी खटाएर भदौ १ गतेदेखि नगर प्रवेश गर्नेहरूको विवरण संकलन गर्न थालेको जानकारी दिनुभयो । भक्तपुर नगरमा कोरोना भाइरस सङ्क्रमितको सम्भावित प्रवेशलाई नियन्त्रित गर्ने उद्देश्यले यस्तो गरिएको उहाँले बताउनुभयो ।

प्रजापतिका अनुसार भक्तपुर नगर प्रवेश गर्ने प्रमुख नाकामध्ये पूर्वतर्फ च्याम्हासिंह–ताथली–नाला सडक र पश्चिम सल्लाघारी–व्यासी–नगरकोट सडक र दूधपाटीमा कर्मचारी खटिने छन् । त्यस्तै जिल्लाकै चाँगुनारायण नगरपालिका भएर भक्तपुर नगर प्रवेश गर्ने नाकाहरुमध्ये खसाङखुसुङ खेला पुल, वन्ती, खरिपाटी, यातु महादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, थुसाचा र हनुमानघाट नाकामा पनि नगर प्रवेश गर्नेहरुको विवरण संकलन गरिनेछ । त्यस्तै, सूर्यविनायक नगरपालिका भई भक्तपुर नगर प्रवेश गर्ने नाकाहरुमध्ये भेलुखेल, राममन्दिर, बाराही र सल्लाघारीमा पनि कडाइ गरिने नगर प्रमुख प्रजापतिले बताउनुभयो । उहाँका अनुसार ती नाकाहरुमा पर्यटन सेवा केन्द्र अन्तर्गतका कर्मचारीहरू खटिने छन् ।

कोरोना भाइरस महामारीले अहिले पर्यटन क्षेत्र ठप्प छ । बाह्य पर्यटकहरुको आवागमन रोकिएको छ । नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग सेवा शुल्क संकलन गर्न नगर प्रवेश गर्ने प्रमुख १४ स्थानमा पर्यटन सेवा केन्द्र स्थापना गरेको छ । सोही केन्द्रमा परिचालन हुँदै आएका कर्मचारीहरुलाई नपाले निर्धारण गरेका नाकाहरूमा खटाउने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्