पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित – Kanika Khabar
Monday, July 20Nepali News Portal

पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित

    मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको पहिलो हाफ अर्जेन्टिना र स्पेनले बराबरी खेलेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन ।

खेलको ४१औँ मिनेटमा स्पेनका मिकेल ओयार्जाबाललाई लडाएपछि अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजले पहेँलो कार्ड पाएका थिए । लगत्तै ४४ औँ मिनेटमा चोटका कारण मार्टिनेज आँसु झार्दै मैदान बाहिरिन बाध्य भए। उनको स्थानमा अनुभवी निकोलस ओटामेन्डी मैदान प्रवेश गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत उपस्थिति रहेको यस खेलको पहिलो हाफ केही अव्यवस्थित देखिए पनि दोस्रो हाफमा दुवै टोलीले आक्रामक रणनीति अपनाउने अपेक्षा गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्