
काठमाडौं । स्पेनका कप्तान रोड्रीले पिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् । १६ वर्षपछि विश्वकप उपाधि चुमेको स्पेनका कप्तान रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते ।
रोड्रीले स्पेनको कप्तानी देखि मैदानमा मिडफिल्डको नेतृत्व गर्दै बल कन्ट्रोल गर्ने र अट्याकिङमा समेत योगदान दिने काम गरेका थिए ।
रोड्रीको कप्तानीमा रहेको स्पेनले सोमबार बिहान भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक फिफा विश्वकप उपाधि जितेको हो ।
अर्जेन्टिनाका कप्तान मेसीले सिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल जिते ।
यस्तै स्पेनका गोलकिपर उनाई सिमोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जिते भने स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।


