लकडाउनमा ५ हजार बढीले लिए स्वास्थ्य सेवा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

लकडाउनमा ५ हजार बढीले लिए स्वास्थ्य सेवा

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २२, दाङ ।

लकडाउन अबधिभर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट झण्डै ५ हजारले ओपिडी (बहिरङ्ग) सेवा लिएका छन । सोही अवधिमा करिब ५ सयको हाराहारीमा बिरामीहरुले अन्तरङ्ग सेवा लिएको राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले जानकारी दिएका छन ।

उनका अनुसार लकडाउमा इमरजेन्सी सेवा १ हजार ५० जनाले लिएका छन । साथै प्रतिष्ठानको पिसिआर सेवा सन्चालनमा आएपछि अस्पतालको आइसोलेसनमा रहेका र अस्पतालमा मेडिकल गर्न आउने कैदीबन्दी गरेर २३ जनाको कोरोना परिक्षण गरिएको थियो । जसमा सवैको रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाक निर्देशक डा. सागर पन्थीले जानकारी दिएका छन । उनका अनुसार प्रतिष्ठानमा कोरोना परिक्षणका लागि रोल्पा, कपिलबस्तु लगायत बिभिन्न ठाउँहरुबाट स्वाब आउने गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्