तल्लो बतासेको थापा टोलका ८ घर पहिरोको उच्च जोखिममा – Kanika Khabar
Monday, April 21Nepali News Portal

तल्लो बतासेको थापा टोलका ८ घर पहिरोको उच्च जोखिममा

    मा प्रकाशित

कनिका खबर
भदौं १, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका २ तल्लो बतासेको थापा टोलको ८ घर पहिरोको उच्च जोखिममा परेको छ । अव्यवस्थित रुपमा खनिएको सडकले पाखो ठाडो बारीबाट पहिरो खस्न थालेको स्थानीय होपबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘माथिबाट बगेर आएको ठुलो पहिरो जहाँ आएर अडिएको छ, त्यो भन्दा १२ कान्ला तल सिधा ६ घर रहेको छ ।’ पहिरो चलेको ठाउँ भन्दा तल जमिन धाँजा परेर फाटेको छ । रोकिएको पहिरो फेरी बग्दा स्थानीय होमबहादुर थापा, शंखर थापा, विरबहादुर थापा, रेशम बहादुर थापा, बलबहादुर विष्ट र तारा विष्टको गरी ६ घर सोहोरेर लाने अवस्था रहेको छ । अहिले यहाँका स्थानीय ठूलो पानी पर्दा ज्यान जोगाउन छिमेकिको घरमा जाने गरेका छन् ।

नगरपालिका, प्रशासन, रेडक्रस धाउँदा प्रभावितले त्रिपाल र कम्पल पाएको बताएका छन् । तर बस्ती स्थानान्तरण गर्नुपर्ने भए जमिन अध्यन गरी बेलैमा प्रक्रिया सुरु गर्नुपर्ने प्रभावितको माग छ । कतै लिदीको जस्तै नियति भोग्नुपर्ने हो कि चिन्तामा यहाँका नागरिक रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्