मा प्रकाशित
काठमाडौं । कीर्तिपुरको ट्याङलाफाटमा एक निजी गाडीमा आगलागी भएको छ । कीर्तीपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको हो ।
आगलागी भएको निजी कारका चालक सीट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका छन् । मृतकको अन्य पहिचान हालसम्म खुलेको छैन । प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको बताएको छ ।
आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।


