गोंगबुस्थित गेस्ट हाउसमा मृत युवतीको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ – Kanika Khabar
Tuesday, July 21Nepali News Portal

गोंगबुस्थित गेस्ट हाउसमा मृत युवतीको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ

    मा प्रकाशित

काठमाडौँ । काठमाडौंको गोंगबुस्थित मित्रनगरमा रहेको माउन्टेन एक्सेल्सिभा होटलको कोठाभित्र एक महिला मृत अवस्थामा फेला परेको घटनाको सम्बन्धमा घटनामा संलग्न २ जना युवकलाई पक्राउ गरिएको छ ।

साउन ३ गते बिहान करिब ११ बजे माउन्टेन एक्सेल्सिभा होटलको चौथो तला स्थित ४०४ नम्बर कोठामा काठको बक्स पलङभित्र एक महिलाको शव भेटिएपछि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । प्राविधिक विश्लेषणका आधारमा मृतकको पहिचान कैलालीको धनगढी उपमहानगरपालिका –०७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीया निशा सुनार रहेको खुल्न आएको थियो ।

घटनामा संलग्न व्यक्तिको खोजतलास तथा पहिचान गर्ने क्रममा जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिका –०६ लटाली स्थायी घर भई हाल काठमाडौं –०३ चक्रपथ स्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका -०२ घर भई काठमाण्डौँ बस्ने ३८ वर्षीय दान बहादुर शाहीलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुबै जनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्