लिदीका पहिरो प्रभावितलाई चौतारा साँगाचोकगढी नगरपालिकाको दुई लाख सहयोग – Kanika Khabar
Sunday, July 20Nepali News Portal

लिदीका पहिरो प्रभावितलाई चौतारा साँगाचोकगढी नगरपालिकाको दुई लाख सहयोग

    मा प्रकाशित

कनिका खबर
भदौ १, सिन्धुपाल्चोक
जुगल गाउँपालिका–२ लिदीका पहिरो प्रभावितहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाले दुई लाख सहयोग गर्ने घोषणा गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिङ तामाङले पीडाको यो समयमा सबै स्थानीय सरकार एकजुट भइ एकै ठाउँमा रहेको सन्देशका लागि थोरै भएपनि सहयोग प्रदान गरिएको बताउनुभयो । सिन्धुपाल्चोक अहिले बाढीपहिरोको चपेटामा छ । बाढीपहिरोबाट सिन्धुपाल्चोकका सबै स्थानीय सरकार यतिबेला प्रभावित भएका छन् । भूकम्पपछि कमजोर भूबनोट भएको सिन्धुपाल्चोक जिल्लाका पहाडी बस्तीहरुमा वर्षेनी यस्ता विपत्तिबाट धेरै जनधनको क्षति भइरहेको छ ।

स्थानीय सरकारले मात्रै यस्ता समस्या समाधान गर्न नसक्ने भएकाले प्रदेश र केन्द्र सरकारलाई पनि यस्ता कमजोर भुबनोट भएको क्षेत्रको पहिचान गरी स्थानीयलाई सुरक्षित स्थानमा राख्ने व्यवस्थाका लागि जनप्रतिनिधिले आग्रह गरिरहेका छन् । विपत्तिमा सबै सरकारहरूबिच सहकार्यको संस्कारलाई अघि बढाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले यसको सुरुवात गरेको नगरपालिकाले जनाएको छ । यस अघि बाढिपहिरोको ठूलो क्षति ब्यहोरेको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई पनि चौताराले ५ लाख सहयोग गरेको थियो ।

बाढीपहिरोबाट सिन्धुपाल्चोकका सबै स्थानीय सरकार यतिबेला प्रभावित भएका छन् । ‘यति ठूलो विपत्तिमा यो रकम थोरै हो, तर पनि जुगलको यो पीडामा हामी पनि सँगै छौ भन्ने अनुभूतिका लागि हामीले केही सहयोग गर्ने निर्णय गरेका हौं’ मेयर तामाङले भन्नुभयो । भूकम्पपछि कमजोर भूवनोट भएको सिन्धुपाल्चोक जिल्लाका पहाडी बस्तीहरुमा वर्षेनी यस्ता विपत्तिबाट धेरै जनधनको क्षति भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्