बागलुङ बजार एक सातालाई लकडाउन – Kanika Khabar
Friday, September 11Nepali News Portal

बागलुङ बजार एक सातालाई लकडाउन

    मा प्रकाशित

कनिका खबर
भदौं १, म्याग्दी
समुदाय स्तरमा नै कोरोना सङ्क्रमण देखिएपछी बागलुङ बजार एक साताका लागि लकडाउन गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघले बागलुङ बजार एक सातालाई लकडाउन गर्ने घोषणा गरेको हो । बाणिज्य संघले आज विज्ञप्ती प्रकाशित गर्दै बागलुङ बजार पुनः लकडाउन गर्ने जनाएको हो । सोमबार राती १२ बजेदेखि लागू हुनेगरी एक हप्तालाई लकडाउन गर्ने घोषणा गरेको संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । उहाँले लकडाउनलाई पालना गरिदिनको लागि व्यवसायीहरुलाई आग्रह समेत गर्नुभएको छ । संघले लामो समयको लकडाउनकाबीच व्यवसायीले धेरै प्रकारका समस्या झेल्नुपरेको परिस्थितिप्रति संघ गम्भीर भएको बताएको छ ।

लकडाउन खुकुलो गर्ने सरकारको मोडालीटीले पुनः सङ्क्रमणको दायरा बढ्दो देखिएकोले र बागलुङ जिल्ला भित्र पनि नयाँ केशहरु थंिपदै गएकाले सबैभन्दा ठूलो सम्पत्ति मानव स्वास्थ्य रहेको कुरा मनन् गर्दै पुनः एक हप्तालाई लकडाउन गर्ने घोषणा गरेको संघले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्