कुम्पुर स्वास्थ्य चौकी प्रमुख अन्सारीलाई आक्रमण गर्नेलाई कार्वाहीको माग – Kanika Khabar
Monday, July 27Nepali News Portal

कुम्पुर स्वास्थ्य चौकी प्रमुख अन्सारीलाई आक्रमण गर्नेलाई कार्वाहीको माग

    मा प्रकाशित

कनिका खबर
भदौ १, धादिङ
कुम्पुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव अधिकृत रकिम अन्सारीमाथि हातपात गर्ने दोषीलाई कानुन बमोजिम कारबाहि गर्नु पर्ने माग राख्दै निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड यूनियन जिल्ला कार्यसमिति धादिङले सोमबार विज्ञप्ती निकालेको छ । धादिङको सिद्धलेक गाउँपालिकास्थित कुम्पुर स्वास्थ्य चौकीमा काजमा कार्यरत सिनियर अहेव अन्सारी माथि श्रावण ३२ गते अपरिचित व्यक्ति कार्यालय भित्र प्रवेश गरी हातपात गरेका थिए । अन्सारीमाथि भएको हातपात प्रति निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन जिल्ला कार्यसमिति धादिङले दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न माग गरेको हो ।

ट्रेड यूनियनका सचिव कृष्णकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्र सेवक कर्मचारी स्थानीय तहमा कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भै आएकोले नियम अनुसार पदस्थापन गरि कामकाज गर्ने वातावरण बनाई निजले पाउने तलवब भुक्तानी गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावर हुनुको साटो जीउ धनको समेत सुरक्षा नहुने गरि अहेव अन्सारी माथि भएको घटनामा संलग्नलाई कार्वाही गर्न पर्ने उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्