अर्को हप्तादेखि मल आपूर्ति हुने – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

अर्को हप्तादेखि मल आपूर्ति हुने

    मा प्रकाशित

कनिका खबर
भदौ २, काठमाडौं

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले अबको एक हप्तामा नेपालमा रासायनिक मल भित्रिने जनाएको छ । मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आयात हुने ३२ हजार १९० मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको स्पष्ट पारेको हो । त्यसपछि लगत्तै कृषि सामग्री कम्पनी मार्फत आयात हुने अर्को लटको युरिया मल आउने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले साउन मसान्तभित्र मल ल्याईसकिने जानकारी दिनु भएको थियो । यसरी अब क्रमसः मलको आयात, आपुर्ति र वितरण सहज हुने पनि मन्त्रालयको विश्वास छ । धान रोपाइँ गरे लगत्तै आवश्यक पर्ने युरिया, डीएपी लगायतका रासायनिक मल अभाव हुँदा किसानहररु चिन्तित बनेकाछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्