कास्कीमा भदौ ७ गतेसम्म निषेधाज्ञा – Kanika Khabar
Friday, April 26Nepali News Portal

कास्कीमा भदौ ७ गतेसम्म निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
भदौ २, कास्की ।
कोरोना भाइरस सङ्क्रमण बढ्रदै जान थालेपछि जोखिम न्यूनीकरणका लागि कास्कीमा भदौ ७ गतेसम्म निषेधाज्ञाा जारी गरिएको छ । जिल्लामा आज राति १२ बजेदेखि भदौ ७ गते राथि १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
पोखरा महानगरपालिकाभित्र सोमबार राति र आज बिहानमात्रै १५ जनामा संक्रमण पुष्टि भइसकेको छ । निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै गतिविधि ठप्प हुने छ । अहिले ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको र आवश्यक परे फेरि थप गर्न सकिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्