घोराही । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङमा पद हस्तान्तरण गरिएको छ । लायन बर्ष सन् २०२५/०२६ का अध्यक्ष डा. शैलेन्द्र गिरीले नव निर्वाचित अध्यक्ष धनेश्वर चौधरीलाई पद हस्तान्तरण गर्नुभएको हो ।
लायन बर्ष सन् २०२५/०२६ का अध्यक्ष डा. शैलेन्द्र गिरीको अध्यक्षता तथा डिष्ट्रिक सिनियर एक्जुकेटिभ चिफ एमजेएफ लव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त अवसरमा लायन बर्ष सन् २०२५/०२६ का अध्यक्ष डा. गिरी आफ्नो कार्यकालमा भएका कार्यक्रमका बारेमा जानकारी दिंदै सामाजिक सेवाको क्षेत्रमा लायन्सले उत्कृष्ठ काम गरेको बताउनुभयो ।
लायन्स क्लव राप्ती इञ्जिनियरिङका पूर्व अध्यक्ष तथा एम्वेस्डर अफ् गभर्नर मधुसूदन बैद्यले लायन्स क्लव राप्ती इञ्जिनियरिङमा नयाँ निर्वाचित पदाधिकारीका बारेमा जानकारी गराउनुभएको थियो । लायन्स राप्ती इञ्जिनियरिङको नयाँ कमिटीमा प्रथम उपाध्यक्ष संगीता पुरी, द्वितिय उपाध्यक्ष सरिता तामाङ, तृतिय उपाध्यक्ष शर्मिला दहित, सचिव सुशिला आचार्य, कोषाध्यक्ष सिर्जना देवकोटा, सह सचिव विनु दहाल, सह कोषाध्यक्ष संतोष गिरी, मार्केटिङ चेयर पर्सन धर्म केसी, कार्यक्रम संयोजक शान्ता आचार्य, जन सम्पर्क अधिकृत इञ्जिनियर मालती दशौंदी र सूचना प्रविधि निर्देशकमा इञ्जिनियर सिर्जना चौधरीलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै सिनियर एक्जुकेटिभ चिफ लव अधिकारीले लायन्सले गर्नुपर्ने कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सामाजिक सेवाको क्षेत्रमा लायन्सले विश्वका सवै संस्थाभन्दा अग्रणी योगदान गरेको बताउँदै सानो सहयोगले पनि ठूलो महत्व राख्ने बताउनुभयो । उहाँले लायन्सले गर्नु पर्ने र गर्नु नहुने कामका बारेमा जानकारी गराउनुभएको थियो ।
यस्तै अर्का सिनियर एक्जुकेटिभ चिफ धनेश्वर आचार्यले लायन्स क्लवहरुले गरेका कामहरु सामाजिक रुपमा अनुमोदन भएको बताउनुभयो । उहाँले लायन्स क्लव राप्ती इञ्जिनियरिङले बेग्लै पहिचान कायम गर्न सकेको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रमको संचालन लायन बर्ष २०२५/२०२६ की सचिव सरिता तामाङ र बर्ष २०२६/२०२७ की सचिव सुशिला आचार्यले गर्नुभएको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष धनेश्वर चौधरीले आफूले गर्ने सामाजिक कामको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नव निर्वाचित कार्यसमितिलाई सिनियर एक्जुकेटिभ चिफहरु युवराज थपलिया, डा. भिमसेन गिरी, डिष्ट्रिक एक्जुकेटिभ को चिफ रेशम गिरी, डिष्ट्रिक को चिफ कर्ण बहादुर पुन, एरिया सेक्रेटरी शरद अधिकारी, जोन चेयर पर्शन युवराज पोख्रेल लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
मा प्रकाशित


