प्याब्सन रोल्पाको आयोजनामा नेतृत्व विकास तथा व्यवस्थापन कार्यशाला – Kanika Khabar
Sunday, August 9Nepali News Portal

प्याब्सन रोल्पाको आयोजनामा नेतृत्व विकास तथा व्यवस्थापन कार्यशाला

    मा प्रकाशित


रोल्पा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रोल्पा शाखाको आयोजनामा नेतृत्व विकास तथा व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । आज शनिबार जिल्लाको लिवाङमा संस्थागत विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूका लागि नेतृत्व विकास तथा व्यवस्थापन कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले शैक्षिक क्षेत्रको उन्नयनमा निजी क्षेत्रको योगदान अवमूल्यन गर्न नमिल्ने बताए । “राष्ट्रको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्त्वपूर्ण रहेको छ । सरकारले निजी विद्यालय तथा सामुदायिक विद्यालयलाई समान दृष्टिले हेर्न आवश्यक छ । ‘ उनले थपे, ` अबको शिक्षा जीविकोपार्जनका लागि मात्र नभई राष्ट्रिय प्रतिष्ठासँग जोडिन आवश्यक छ । अबको पुस्ताका लागि  दिइने ज्ञान शिक्षा केवल शिक्षाका लागि मात्र नभई सभ्य, समृद्ध र समतामूलक समाज  निर्माणका  लागि हुनुपर्छ  ॥ अबको ज्ञान सिपसँग जोडिनुपर्छ ।’

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्याब्सन केन्द्रीय सल्लाहकार सुमन गोपाल आचार्य संस्थागत विद्यालय शैक्षिक गुणस्तरका सूचक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले संस्थागत विद्यालयले राष्ट्रको शैक्षिक प्रतिष्ठा बचाएको जिकिर गरे ।
प्याब्सन रोल्पाको आयोजना तथा प्याब्सन लुम्बिनी प्रदेशको सहजीकरणमा कार्यशाला सम्पन्न भएको थियो ।
कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरी र सुवर्ण न्यौपाने प्रशिक्षण दिएका थिए ।
प्याब्सन रोल्पाका अध्यक्ष डिबी घर्ती मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्याब्सन रोल्पाका उपाध्यक्ष  ओम केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव कमल वलीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्