कपिलवस्तुका पूर्वमेयर सिंह मृत अवस्थामा फेला – Kanika Khabar
Sunday, August 9Nepali News Portal

कपिलवस्तुका पूर्वमेयर सिंह मृत अवस्थामा फेला

    मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंह यसअघि मोटरसाइकल भेटिएको स्थान नजिकै आइतबार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ । प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरिरहेको बताएको छ ।

शुक्रबारदेखि सम्पर्कविहीन भएका सिंहको खोजीमा ८० भन्दा बढी सुरक्षाकर्मी र स्थानीयहरुले खोजी अभियान सञ्चालन गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्