मा प्रकाशित

दाङ, २३ साउन । घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रृजना रावत चयन हुनुभएको छ। विद्यालयको इतिहासमा पहिलो पटक महिला अध्यक्षको रूपमा रावत चयन हुनुभएको हो। उहाँको चयनलाई विद्यालयमा महिला नेतृत्वको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
आज सम्पन्न विद्यालय व्यवस्थापन समितकाे बैठकबाट रावत अध्यक्षमा चयन हुनुभएको हो। अध्यक्षमा निर्वाचित भएपछि रावतले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा अनुशासित र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


