प्युठान । निजी तथा आवासीय विद्यालय आर्गनाईजेसन नेपाल (प्याब्सन) प्युठान शाखाको आयोजनामा सामाजिक सुरक्षाकोष र ट्राफिक सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो आइतबार एक समारोहका बिच सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण तथा ट्राफिक सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक सुरक्षा कोष बुटवलका आइटी प्रमुख खिम बहादुर कार्कीले विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरुलाइए सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण प्रशिक्षण दिएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख विष्णुप्रसाद न्यौपानेले चालक तथा सहचालकसँग ट्राफिक सचेतनासम्बन्धी अन्तरक्रिया गरेका थिए ।
प्याब्सन प्युठानका अध्यक्ष दिपेन्द्र जिसीको अध्यक्षता तथा प्युठान नगरपालिकाका मेयर विष्णुबहादुर योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पनन भएको थियो । प्याब्सन प्युठानका वरिष्ठ सदस्य केशवराज भण्डारीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शरद गौतमले गरेका थिए ।


