बैतडीका १ सय ४४ जनाको पिसिआर जाँचको रिपोर्ट २ महिना कट्दा पनि आएन – Kanika Khabar
Friday, April 19Nepali News Portal

बैतडीका १ सय ४४ जनाको पिसिआर जाँचको रिपोर्ट २ महिना कट्दा पनि आएन

    मा प्रकाशित

कृष्ण बिष्ट
भदौ २, बैतडी ।
बैतडीका १ सय ४४ जनाको कोरोना परिक्षणको लागि संकलन गरिएको स्वाबको रिर्पाेट महिनौ दिन सम्म पनि आएको छैन । जिल्लाको मेलौली नगरपालिकाका ८०, दोगडाकेदार गाउँपालिकाका ३९, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको समान ९÷९ र शिवनाथ गाउँपालिकाका ७ गरी १ सय ४४ जनाको स्वाब प्रयोगशालाबाटै हराएको हो । रिर्पाेट नआएपछि उनिहरु सबै घर गइसकेका छन् । जेठ अन्तिम साता पठाएकाहरुको रिर्पाेट अझैसम्म नआएका कारण उनिहरुलाई सम्बन्धित पालिकाहरुले नै क्वारेन्टाइनको समयअवधि पछि घर पठाइएको बैतडीका कोभिड १९ सम्पर्क ब्यक्ती भुवन जोसीले जानकारी दिए । करिब जेठ अन्तिम साता देखिका स्वाबहरुको रिर्पाेट नआएको र धनगढी प्रयोगशाला पठाइएको भन्ने जानकारी आएपनि कसैको पनि रिपोर्ट नआएको उनले बताए । यस्तै शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुर्चाेडी नगरपालिकाका क्वारेन्टाइनहरु पुर्ण रुपमा खाली भइसकेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति जोशीले बताए ।
त्यस्तै बैतडीमा असार पहिलो साता नै घर पठाएका सङ्क्रमितहरुको दोश्रो कोरोना रिर्पाेट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका वडा नं ७ का २८ र २९ वर्षीय दुई पुरुषको दोश्रो कोरोना रिर्पाेट पोजेटिभ आएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्