लिदी पहिरामा हराइरहेका मध्ये २४ जनाको शव भेटियो – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

लिदी पहिरामा हराइरहेका मध्ये २४ जनाको शव भेटियो

    मा प्रकाशित

देवराज सुवेदी
भदौ २, सिन्धुपाल्चोक ।
गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप दुईको शव भेटिएको छ । यस अघि २२ जनाको शव भेटिएकोमा १५ अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।आज ७२ वर्षकी महिला सिरीमाइ दोङ्ग र ८७ वर्षकी धनलक्ष्मी दोङ्गको शव फेला परेको ईलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरिक्षक हरि भट्टराईले जानकारी दिए । योसंगै पहिरामा ज्यान गुमाउने सङ्ख्या २४ पुगेको छ ।शव फेला परिएकोमध्ये १३ जना पुरूष र ११ जना महिला रहेका छन । त्यसमध्ये १२ जना बालबालिमा मात्रै रहेका छन । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरि ६६ जना र स्थानीयबासीहरू जुटेका छन् । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकोले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्