पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति – Kanika Khabar
Thursday, August 13Nepali News Portal

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    मा प्रकाशित

काठमाडौँ । जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

विहिबार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो । प्रहरीले उनलाई बुधबार राति ललितपुरबाट पक्राउ गरेको हो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्