आज कुसे औंसी तथा बाबुको मुख हेर्ने दिन – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

आज कुसे औंसी तथा बाबुको मुख हेर्ने दिन

    मा प्रकाशित

कनिका खबर
भदौ ३, दाङ ।

Mountain Television nation's first popular and leading analytical ...
आज कुसे औ.सी अर्थात बाबुको मुख हेर्ने दिन परेको छ । भाद्र कृष्ण औंसीका दिन मनाइने कुसे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुस घर–घरमा भित्र्याएर मनाउँदै छन् ।

कुसलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुस आफ्ना यजमानका घरघरमा पुर्‍याउने र कुस लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ ।

कुसे औंसीका दिन छोराछोरीले आफ्ना बुबालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाइ खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् । बुबाबाट आशीर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्