अण्डाको मुल्य बढ्यो – Kanika Khabar
Sunday, August 23Nepali News Portal

अण्डाको मुल्य बढ्यो

    मा प्रकाशित

काठमाडौं । अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अण्डाको मूल्य शुक्रबारदेखि लागु हुने गरि बढेको हो ।

संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ । यस अघि साउन २६ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० तोकिएको थियो । त्यस्तै ठूलो अण्डाको ५७५ रुपैयाँ तोकिएको छ । यसअघि ठुलो अण्डाको मुल्य ५४५ रहेको थियो । त्यस्तै, मिडियम अण्डाको मुल्य ५०० बाट ५२० रुपैयाँ पुगेको छ ।  त्यसैगरी, सानो अण्डाको मूल्य ४४८ रुपैयाँ पुगेको छ ।

बजारमा चल्लाको अभाव र ह्याचरी उद्योगहरू बन्द हुदा उत्पादन प्रभावित भएको व्यवसायीहरुले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्