जिल्लालाई पूर्ण रुपमा लक गरौँ : तुलसीपुर उद्योग वाणिज्य संघ – Kanika Khabar
Friday, April 26Nepali News Portal

जिल्लालाई पूर्ण रुपमा लक गरौँ : तुलसीपुर उद्योग वाणिज्य संघ

    मा प्रकाशित

शरद रेग्मी
बैशाख २२, दाङ ।
कोरोना रोग नियन्त्रण गर्दै संक्रमणबाट बच्न तुलसीपुर उद्योग वाणिज्य संघले दाङ जिल्लालाई पूर्ण रुपमा लक गर्न सुझाव दिएको छ ।

छिमेकी जिल्ला बाँके र रुपन्देहीमा कोरोनाका संक्रमितहरु देखिएपछि दाङ जिल्लालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्दर्भमा आज सोमवार वाणिज्य संघले आयोजना गरेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

बाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा बसेको बैठकले जिल्लामा भोलि हुन सक्ने संभावित क्षेती र सक्रमनलाई नियन्त्रण गर्न समयमै सबै संयन्त्र परिचालन गर्न समेत स्थानीय सरकार , प्रदेश सरकार र जिल्ला प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
वाणिज्य संघले जिल्लामा सरकारी र निजी स्वास्थ्य संस्था र अस्पतालको अवस्था सुधार गर्न र जिल्लामै विरामी रिफर गर्ने वातावरण तत्काल मिलाउन समेत सम्वन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ । साथै बैठकले दाङ भित्रने सबै नाकाहरु सिल गरेर स्वास्थ्यकर्मी सहितको सुरक्षा हेल्प डेक्स तत्काल स्थापना गर्न समेत सुझाव दिएको छ ।

बैठकमा अति आवश्यक खाद्यान्नका पसलहरु मात्र सञ्चालन गर्न र अनावश्यक रुपमा वजारमा भिडभाड नगर्न सम्पूर्ण ं उद्योगी व्यवसायीहरुलाई अपिल समेत गरेको छ । साथै बैठकमा वोल्ने सदस्यहरुले जेष्ठ नागरिकहरुले वृद्धिभत्ता लिन आउँदा वजारमा सामाजिक दुरी कायम नगरी एकै ठाउंमा भिडभाड वढेको भन्दै तत्काल आवश्यक व्यवस्थापन गरी समस्या समाधान गर्न स्थानीय सरकार प्रमुख , सुरक्षा प्रमुख र बैंक मेनेजरहरुको ध्यानाकर्षण गराएको छ । सम्वन्धित वडाबाटै बृद्ध भत्ता वितरण गर्ने वातावरण सिर्जना गर्न समेत तुलसीपुर उद्योग वाणिज्य संघले उपमहानगरपालिका र गाउँपालिकाहरुलाई अनुरोध गरेको छ ।

बैठकले लामो लकडाउनका कारण व्यवसायीहरु मारमा परेको भन्दै घरमालिकहरुलाई लकडाउन अवधिभरको घर भाडा मिनाह गर्न समेत अनुरोध गरेको वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीले जानकारी दिए । त्यसैगरी बैठकले लकडाउनका कारण उद्योग धन्दा वन्द भएको भन्दै बैंक व्याज मिनाह र छुट पाउने व्यवस्था मिलाउन नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाईमा यस क्षेत्रका दर्जन वढी सामाजिक संघ संस्थाहरुको आयोजनामा तुलसीपुरमा पैदलयात्रीका लागि सञ्चालन गरेको खाना , आवास र यातायातको सुविधा अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव र सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल, सल्लाहकारहरु सुरेश हमाल, नारायणप्रसाद खनाल, प्रेस सल्लाहकार शरद रेग्मी, वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे लगायतले दाङ जिल्लालाई सुरक्षीत र संक्रमणबाट जोगाउन सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्